जाजरकाेट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु, एक वेपत्ता

सुर्खेत ।  जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको हो ।

जीप दुर्घटनामा मृत्यु भएका जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही ।

मृत्यु हुनेमा सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही र स्वास्थ्यकर्मी खेमबहादुर शाही रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख डिएसपी किशाेरकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार वेपत्ता दुइ जना मध्य एक जनाकाे शव भेटिएकाे र उनकाे पहिचान भएकाे छैन् । घटनामा अर्का एक अझै वेपत्ता रहेकाे र उनकाे खाेजीमा प्रहरी र स्थानीय खटिएका डिएसपी श्रेष्ठले बताए ।

जाजरकाेट सदरमुकाम खल‌ंगाबाट जुनिचाँदेकाे पराले जाँदै गरेकाे भे १ ज ९३५ नम्बरकाे जीप जुनीचाँदे गाउँपालिका-१ स्थित औलभीरमा आज दिउँसाे दुर्घटना भएकाे हाे ।

गम्भीर घाइते नरबहादुर बुढालाइ भने पालिकाकै गाडीमा थप उपचारकाे लागि सुर्खेत पठाइएकाे  डिएसपी श्रेष्ठले बताए । जीप सडकबाट अन्दाजी पाँचदेखि सात सय मिटर तल खसेकाे छ । दुर्घटनाकाे कारण खुलेकाे छैन् । घटना लगत्तै चालक गोरख बस्नेत भने फरार रहेकाे श्रेष्ठकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया