जुम्ला । जुम्ला–रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजनामा हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौ संस्करणको सबै तयारी पूरा भएको हो ।
वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला-रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रतियोगितामा देश विदेशका गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार पोल्याण्डका १,अमेरिकाका १, फ्रान्सका १,भारतका–२ जना खेलाडी सहभागी हुने छन् । भने सबैभन्दा ठुलो रासीको ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुने छन् । त्यस्तै ५ किमी दौड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।
पाँचथर,काठमान्डौ,नुवाकोट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी छन् । भने चार ठाउँमा चेकिङ प्वाईन्ट राखिएको छ । चेकिङ प्वाईन्ट–खाली पाटन,चौथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ । साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्ने छ । म्याराथनका लागि अनुमानित २८ लाख लाग्ने छ । भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्ट क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निशुल्क जग्गा दिएका थिए ।म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकीएकोले नआउने भएका छन्









नेपालीरैबार । २०८२ बैशाख २६, शुक्रबार