सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियस्तरकाे यु-१६ क्रिकेट प्रतियोगिता आयाेजना हुने भएकाे छ । नेपाल क्रिकेट संघकाे आयाेजनामा आगामी जेठ १९ देखि ३१ गतेसम्म सुर्खेतमा प्रतियोगिता हुन लागेकाे हाे ।
एसियन क्रिकेट काउन्सिलकाे कार्यतालिका अनुसार आगामी जुनमा हुने एसिसि मेन्स यू-१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयाेजना गर्न लागिएकाे नेपाल क्रिकेट संघका केन्द्रीय काेषाध्यक्ष पदमबहादुर खड्काले बताए ।
कर्णालीमा पहिला पटक आयोजना हुन लागेको प्रतियोगितामा सात वटै प्रदेशकाे सहभागिता हुनेछ भने लिग संस्करणमा २१ खेल खेलाईने आयाेजकले जनएकाे छ । प्रतियोगिताले कर्णाली प्रदेशमा आर्थिक गतिविधीका साथै क्रिकेट खेलको विकास एवम् विस्तारमा थप टेवा पुग्ने विश्वास क्रिकेट संघकाे छ ।
प्रतियोगिताबाट राष्ट्रियस्तरका दुई टिम छनाैट गरिने छ । प्रतियोगिता सञ्चालन गर्न ९० लाख खर्च लाग्ने जनइएकाे छ ।











नेपालीरैबार । २०८२ जेष्ठ १४, बुधबार