डोल्पाको शे–फोक्सुण्डो ताल नेपालको अत्यन्तै सुन्दर र प्रसिद्ध ताल

डोल्पा । डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा रहेको फोक्सुण्डो ताल नेपालको अत्यन्तै प्रसिद्ध र सुन्दर ताल हो ।

यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ । यस क्षेत्रसम्म पहुँच कठिन थियो किन भने सडक सञ्जाल पर्याप्त थिएन । तर अहिले भेरी करिडोर सडक योजनाअन्तर्गत डोल्पामा सडक विस्तार भइसकेको छ । उक्त सडक योजनाले डोल्पा जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडेको छ, जसका कारण अब फोक्सुण्डो तालसम्म पुग्न यातायातको दृष्टिले धेरै सहज भएको छ ।

यो विकासले पर्यटन प्रवर्द्धन, स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार र डोल्पाको सामाजिक–आर्थिक विकासमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया