गुर्भाकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरि पालिका लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। ”स्थानीय स्वमित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ गुर्भाकोट नगरपालिका खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषण गरिएको हो। उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष एवम जिल्ला खोप समन्वय समिती सुर्खेतका कावा अध्यक्ष हर्ष बिक्रम खड्काले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो।

‎कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका हरि पुनले उदेश्य औचित्य को बारेमा जानकारी गराउनु भएको थियो ।। उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका सकिएको र यसलाई निरन्तरता दिन सक्नु नै ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको नगर प्रमुख हस्त पुनले बताउनु भयो। सो अवसरमा उहाँले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खोप तालिका अनुसार नगरका १२ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।”

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । ‎‎वडाध्यक्षको तर्फ बाट वडा नम्बर ९ का वडाध्यक्ष ज्ञाप बहादुर खत्रीले शुभकामना तथा मन्तव्य राख्नु भएको थियो ।। यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख करुणा भट्टराई, उपप्रमुख मैना बिक, हर्ष विक्रम खड्का लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। हाल सम्म जिल्लाका ‎‎नौ वटा पालिका मध्य चार वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भई सकेका छन ।

गुर्भाकोट नगरपालिका समग्र जिल्लामा चौथो र नगरपालिकामा गुर्भाकोट नगरपालिका दोस्रो पालिका हो। ‎ ‎नगर प्रमुख एवम खोप समन्वय समितिका प्रमुख हस्त पुनको अध्यक्षता, खोप समन्वय समिती सुर्खेतका कावा अध्यक्ष हर्ष विक्रम खड्काको प्रमुख आतिथ्यता, नगर उपप्रमुख मैना बिक, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराई, हरि पुन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने विशेष आतिथ्यतामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्यसस्थाका प्रमुख तथा सन्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया