जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. २ का यूवा पदम बुढा गाउँमै व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
चार वर्ष खाडी मुलुक मलेसिया बसेर फर्किएका २७ वर्षका पदम आफ्नै गाउँमा व्यवसायीक तरकारी खेती गरेर आत्मनिर्भर बन्न बन्न थालेका छन् । चार वर्षअघि गाउँमा रोजगारी नहूँदा घर खर्च जुटाउनै मुस्किल परेपछि खाडीतिर हानिएका पदम अहिले गाउँमै व्यवसायीक तरकारी खेती गर्न यूवाका प्रेरणा समेत बनेका छन् । घर फर्किएपछि गाउँमै केही गर्ने सोच बनाएको थिए । उनले भने, पालिकाको सहकार्यमा पेश नेपाल मार्फत व्यवसायीक तरकारी खेतीका लागि बृहत्त टनेल हाउस,आबश्यक सीप र प्रविधि पाएपछि तरकारी खेती गर्न सहज भयो । दुई भारीको खेतमा अर्गानिक तरकारी फलाएको छु । तातोपानीमा होटल व्यवसाय फष्टाएकाले बजारीकरणमा त्यति समस्या छैन् ।
चन्दननाथ नगरपालिका १ की सन्ध्या मल्लले व्यवसायीक तरकारी खेती गरेर दैनिक घर खर्च जुटाई रहेको बताईन् । सामान्य नुन तेलका लागि पनि श्रीमानलाई भन्नु पर्ने स्थिती अहिले छैन् । उनले भनिन, आलु,प्याज,टमाटर फर्सी लगायत तरकारी बेचेर आम्दानी राम्रो भईरहेको छ । छोटो समयमा फर्सीमात्रै ४० केजी बेचिसकेको छु । अब तरकारी खेतीलाईनै निरन्तरता दिने सोचमा छु । पदम बुढा,छामछाया बुढा र सन्ध्या मल्ल मात्र होईन स्थानीयतहको पहल तथा पेश नेपालको लगानीमा व्यवसायीक तरकारी खेती सुरु गरेपछि तातोपानी २ का २८ जना र चन्दननाथ १ का २२ जना गरी ५० जना किसान व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । तातोपानी गाउँपालिका वडा नंं. २ र चन्दननाथ नगरपालिका वडा नं. १ का ५० जना किसानलाई व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन हाडवयर तथा सप्टवयरका क्षेत्रमा गरी पेश नेपालले ६४ लाख लगानी गरेको छ । आईतबार संयुक्त अनुगमनका क्रममा जर्मी गाउँ पुगेका प्रमुख आर्चायले भने,‘विगतमा पानसय क्षेत्रमा तरकारी खेति गरेको पाईदैन थियो । तरकारी खेती गर्नेबारीमा तमाखु लगाउने चलन थियो । तर अहिले खेतबारीहरु तरकारीले भरिएको देखेर खुसी लाग्यो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले विगतको जस्तो तरकारी उत्पादनका लागि लिएका प्लाष्टिकहरु दुरुपयोग भएको व्यवसायीक उत्पादन गरेर आत्मनिर्भर बनेकामा खुसी व्यक्त गरे । विगतमा तरकारी अभाव हुने तातोपानी क्षेत्रमा अहिले तरकारी हवका रुपमा विकास भएको र उत्पादनको बजारीकरण तथा संकलन केन्द्र स्थापना पालिकाले प्रथामिकता दिने उल्लेख गरे । व्यवसायीक तरकारी खेतिको विस्तार, बजारीकरणा तथा दिगोपनााका लागि पालिकाले अआगामी आवको नीति तथा कार्यक्रममाबाट छुट्टै नीति ल्याउने उल्लेख गरे । पेश नेपालका परियोजना संयोजक हेमराज भट्टले ६ महिना कार्यवधि रहेकोे रेरास परियोजनाले उत्पादन बृद्धि,पोषणमा सुधार ल्याउने किसानको आयआर्जन बृद्विमा जोड दिएको बताए ।










नेपालीरैबार । २०८२ असार १०, मंगलवार