काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज असार २५ गते, बुधबारका लागि सम्भावित वर्षासम्बन्धी जानकारी सार्वजनिक गरेको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिउँसो, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात पनि हुनसक्ने सम्भावना छ।
आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
वर्षा मापनको आधार
-
१० मिमि भन्दा कम पानी परे हल्का वर्षा,
-
१०–५० मिमि पानी परे मध्यम वर्षा,
-
५०–१०० मिमि पानी परे भारी वर्षा,
-
१००–२०० मिमि पानी परे धेरै भारी वर्षा,
-
२०० मिमि भन्दा बढी पानी परे अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।
वर्षा क्षेत्रफलको आधारमा प्रयोग हुने शब्दावली
-
“एक–दुई स्थानमा” भन्नाले सम्बन्धित क्षेत्रका १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना जनाउँछ।
-
“थोरै स्थानमा” भन्नाले १०–३० प्रतिशत क्षेत्र,
-
“केही स्थानमा” ३०–५० प्रतिशत क्षेत्र,
-
“धेरै स्थानमा” ५०–८० प्रतिशत क्षेत्र,
-
“अधिकांश स्थानमा” भनेको ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना जनाउने हो।











नेपालीरैबार । २०८२ असार २५, बुधबार