सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घट्यो

सुर्खेत । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया