सुर्खेतका विद्यालयहरुमा मध्यपश्चिम डेन्टल हस्पिटलको निःशुल्क दन्त स्वास्थ्य शिविर

सुर्खेत । महँगो उपचारका कारण दन्त स्वास्थ्य सेवा लिन नसक्ने विपन्न परिवारलाई लक्षित गर्दै मध्यपश्चिम डेन्टल हस्पिटलले विभिन्न चाडपर्वको अवसरमा सहयोग गर्ने भएको छ । यसअन्तर्गत बिरामीहरूले अस्पतालमा उपचार गर्दा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यही सिलसिलामा मध्यपश्चिम डेन्टल हस्पिटल प्रा.ली.ले आईतबार वीरेन्द्रनगर–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा ४ सय ६३ विद्यार्थी सहभागी भएका थिए, जसमा २ सय ८७ जना पुरुष र १ सय ७६ जना महिला रहेका थिए । शिविरमा ४६ जनाले दाँत फाल्ने सुविधा लिएका थिए भने सबै विद्यार्थीलाई दन्त स्वास्थ्यसम्बन्धी सचेतना दिइएको थियो ।

शिविरमा दन्त परीक्षण तथा उपचारमा डेन्टल हाइजेनिस्ट महेश नेपाली, जीवन बन्जाडे जोशी, डेन्टल असिस्टेन्ट दिलिप राउत, डा. राजन प्रसाद शाह, डा. रिमा भारती र डेन्टल असिस्टेन्ट दिपक राेकाय लगायतका विशेषज्ञहरू संलग्न थिए ।

यस्तै मध्यपश्चिम डेन्टल हस्पिटलले आगामी भदौ १३ गते काँक्रेविहार सेकेन्डरी स्कुलमा पनि दन्त स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । हाल अस्पताल वीरेन्द्रनगर–६ हटिया लाइनमा सञ्चालित रहेको छ भने वीरेन्द्रनगर–९ लाटीकोइलीमा समेत शाखा सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया