सीमा विवाद समाधान गर्न भारत र चीनबीच आज वार्ता हुँदैं

काठमाडौं । भारत र चीनबीच सीमा विवाद समाधानका लागि आज वार्ता हुने भएको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि आज कमाण्डरस्तरको सातौं चरणको वार्ता हुन लागेको हो ।

यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौं चरणको वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव ९पूर्वी एसिया० नविन श्रीवास्तव सामेल भएका थिए । सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच वार्ता भएको थियो ।

सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ ।

तपाईको प्रतिक्रिया