सुर्खेतमा लोकसेवा आयोगको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । भदौ ४ गते बिहान ९ बजे सुर्खेत वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षा सञ्चालन भइरहेका बेला प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेकामध्ये जाजरकोट, छेडागाड नपा,१२ बस्ने धर्मराज चुनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७, सामाकोट बस्ने  श्याम संकर सिंह,दैलेख, भगवतीमाई गाउँपालिका–५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका सोही जिल्लाकै वडा नं ७ बस्ने  भरत तिरुवा र अन्य दुईजनाको विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया