छिन्चुमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

सुर्खेत । भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित इलाका प्रहरी कार्यालयको परिसरमा नव निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन सोमबार उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिका रूपमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाही लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, सुर्खेत जिल्लाभित्रका विभिन्न सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका प्रमुख, ग्लिएक संस्थाका कर्णाली प्रदेश संयोजक श्रृजना कार्की, भेरीगंगा नगरपालिकाका मेयर–उपमेयर, जनप्रतिनिधि, पत्रकारलगायत करीब १ सय ५० जना सहभागी भएका थिए ।

नव निर्मित सेवा केन्द्रमार्फत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मुद्दा तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया