सुर्खेतमा जुवातास खेल्दै गरेका ४ जना नियन्त्रणमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो करिब २ बजेतिर नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरेक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको सात जनाको टोलीले होटलको कोठा नम्बर ३ सय ५ मा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–७ का २४ वर्षीय हुकुम शाही, वीरेन्द्रनगरका ३० वर्षीय हेमन थापा, वडा नम्बर ९ का ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश के.सी. रहेका छन् ।

उनीहरुको साथबाट नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि नियन्त्रणमा राखिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया