अविरल वर्षाका कारण कर्णाली राजमार्गका पुनः अवरुद्ध

जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न खण्डमा सडक भासिनु र पहिरो खस्नुले यातायात पुनः अवरुद्ध भएको छ विशेषगरी सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित कालेखोला, एसमोड र गगने खोलामा सडक भत्किँदा तथा पहिरो खस्दा सवारी–सञ्चार ठप्प भएको हो।

कालेखोलामा सडक भासिएको छ भने गगने खोला र एसमोड क्षेत्रमा ठूलो मात्रामा पहिरो खसेको कालीकोट प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो।

उहाँका अनुसार हुल्मदेखि दहीखोला क्षेत्रमा पनि पहिरो खसेको खबर आएको छ। अहिले अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। लगातारको वर्षाले दहीखोला, गगने खोला, एसमोड र हुल्मलगायत स्थानमा बारम्बार पहिरो खस्दा कर्णाली राजमार्ग प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया