अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्न सुझाव

सुर्खेत । वीरेन्द्रनगरभित्र काम गर्ने सम्पूर्ण संघ–संस्थालाई अपाङ्गताका सवाल प्राथमिकतामा राख्न सुझाव दिइएको छ । राष्ट्रिय अपाङ्ग नेपाल कर्णाली प्रदेशले द एशिया फाउन्डेशनको साझेदारीमा सञ्चालित स्थानीय सरकार सशक्तीकरण कार्यक्रमअन्तर्गत अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रसँग सहकार्य गर्दै स्थानीय अपाङ्गता समन्वय समितिका पदाधिकारीबीच छलफल गरेको हो ।

बैठकमा अपाङ्गतासम्बन्धी कार्यक्रमहरू दोहोरोपन नहुने गरी प्रभावकारी बनाउन योजना निर्माण गर्ने निर्णय गरिएको राष्ट्रिय अपाङ्ग नेपाल कर्णाली प्रदेशका व्यवस्थापक आनन्दबहादुर विष्टले बताए ।

छलफलमा वीरेन्द्रनगर नगरप्रमुख निलकण्ठ खनालले नगरपालिकाले आफ्ना योजना र बजेटमा अपाङ्गतालाई प्राथमिकता दिएको उल्लेख गर्दै संघ–संस्थाले पनि एकद्वार प्रणालीमार्फत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । कार्यपालिका सदस्य टिका गुरुङ घलेले अपाङ्गता भएका व्यक्तिका सवाल साझा भएकाले सबै मिलेर समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया