सुर्खेत । सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीत गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ स्थित विभिन्न होटल तथा रेस्टुरेन्टमा सञ्चालन भइरहेको उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैशी (भुमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक), सुर्खेत वीरेन्द्रनगर–३ का २६ वर्षीय कबि प्रसाद पौडेल, जाजरकोट घर भई हाल वीरेन्द्रनगर–६ बस्ने २६ वर्षीया दिक्षा ठकुरी, डोल्पा त्रिपुरासुन्दरी–१ का २० वर्षीय मनचन्द्र सार्की, १९ वर्षीय मनरुप सार्की, १९ वर्षीय कृष्ण सार्की, दैलेख गुराँस–३ की १९ वर्षीया हिमा बुढा क्षेत्री, जाजरकोट जुनीचाँदे–९ की ३४ वर्षीया देविका शाही (सुरेश होटलकी सञ्चालक), सुर्खेत बराहाताल–४ की २१ वर्षीया अमृता मगर र अछाम साँफेबगर–४ का ४५ वर्षीय लोकबहादुर दियाली रहेका छन् ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र सार्वजनिक हित, स्वास्थ्य सुरक्षा तथा नैतिकता विरुद्धको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।











नेपालीरैबार । २०८२ भाद्र १४, शनिबार