प्रमोद खरेलको स्वर, बुद्धि सुबेदीको शब्दमा ‘कातिल नजर’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गजल ‘कातिल नजर’ सार्वजनिक भएको छ । प्रहरी निरीक्षक बुद्धि सुबेदीको सिर्जना रहेको उक्त गजललाई आश्रीया क्रियशन युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

गजलमा बुद्धि सुबेदीको शब्द, प्रमोद खरेलको स्वर, र ध्रुव विश्वकर्माको संगीत रहेको छ । निर्देशन पनि ध्रुव विश्वकर्माकै रहेको छ भने हेमन्त भट्टराईले म्युजिक भिडिओ निर्माण गरेका हुन् ।

भिडिओमा नयाँ तथा पुराना कलाकारहरू चिरञ्जीवी सापकोटा (जीवी चिरन), अश्विनी शाही, विकास खनाल, कलेन्द्र सेजुवाल, जगदिश रेग्मी, गोपाल दाहाललगायतको अभिनय समावेश छ ।

सम्पादनमा दिलसन शाह, छायांकनमा दिनेश पराजुली, र कोरियोग्राफीमा सुरेन्द्र बस्याल रहेका छन् । निर्माण पक्षका अनुसार, ‘कातिल नजर’ कर्णप्रिय गजल भएकाले दर्शक–स्रोताले मन पराउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया