सुर्खेत – शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। राजमार्ग अन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।

यस सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन सुरु भइसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिरो पन्छाएको थियो।
गगने खोला सँधै पहिरो गइरहने स्थान हो । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ करोड बराबरको स्याउका ट्रक बाटोमा अलपत्र थिए ।










नेपालीरैबार । २०८२ भाद्र १७, मंगलवार