बेमौसमी झरीको उपहार नयन

शंकर आचार्य

आज कस्तो हो मलाई ऐठन बनाए जस्तो लागेछ, नाई मलाई किन च्यापिरहेको छ शरीरले, छाती पनि जलिरहेको छ ज्वालामुखी जस्तो एक्कासी ब्युजिए । अझै पनि मेरो मन कहिँ न कहिँ भावुक भइरहेको थियो। खै के अजम्बरी रहेछ झन्झन मन धड्कन हानिरहेको छ। यता उता हेर्छु झिमझिम पानी परिरहेको छ। अनि बेलाबेलामा कुकुरका आवाजहरू आइरहेको छ।पानी खाउँ कि जस्तो भन्छ मनले तर कफ समाउँदा त हात कामी रहेको छ किन किन । कति बजेको रहेछ हेरौं कि सोचे, तर मैले मोबाइल कता राखेको रहेछु, त्यो पनि होस् छैन मलाई, खास आज मलाई भाको चाहिँ के होरु मलाई पनि थाहा छैन।

यता उता हेर्छु कोठामा मोबाइल भेटाउँदिन।तलतिर बर्याङ झर्दै गर्दा, मोबाइल त तल पार्किङ आफ्नो बाइकको माथि पो राखेको रहेछु। खास के चाहिँ भएको छर, लगातार दुई दिनको बेमौसमी झरीले मेरो मनको छट्पटाउने बाध्यता किन आइरहेको छरु बिर्सिए मैले त मोबाइल पाउँदा पनि समय हेरेको छैन। समय हेर्छु भन्दा त। १ बजेर ६मिनेट४६ सेकेन्ड पो गएको रहेछ। अब समय हेरेपछि म के गरु भन्ने दोधारमा परे। एका मनले भन्छ निस्किउँ कि बाहिरतिर तर झिमझिम पानी परिरहेको छ रातको दुई पनि बजेको छैन। निस्किनु त कहाँ साँच्चै सडकले यो मनलाई ताजकी दिन सक्छ र यो बेग्लै सहरले रातको अन्धकार सडक ले भावना बुझ्न सक्छ र खै भन्छ फेरि मनले। जे होला होला। निस्किन्छु। आज म फरक तरिकाले निस्किन्छु। तर छ बजेपछि निस्किन्छु। समय बित्यो म भुनभुनाउँदै थिए।

आफ्नै तरिकाले आफ्नै तरिकाले न मेरो भुनभुनाएको आवाज कसैले सुन्थ्यो न कसैले बुझ्थ्यो बुझ्न त बुझ्थे भित्ताहरुले तर जवाफ दिन सक्दैनथिए। लु अब त समय पनि भएछ निस्किन्छु साढे चार भइरहेको छ। अलिअलि रेडी भए जस्तो गरे त्यसपछि आनन्द मनले एउटा भजन सुने त्यसपछि कानमा एयरफोन लगाएर चङ्खे हिडियो आफ्नो गतिमा तर गन्तव्य कहाँ सम्म थाहा छैन, अत्तालिएको मन कहाँ गएर रोकिने हो त्यो पनि थाहा छैन। त्यसपछि भैसेपाटीबाट मेरो गन्तव्य एकान्त कुनातर्फ लाग्यो एकान्त कुनासम्म आइरहँदा मानिसहरू हिँडिरहेका थिए जिमजिम पानी परिरहेको थियो। छाता उडिरहेका थिए। तर म भने आफ्नै तरिकाले एयरफोन कानमा लगाएर खै कसको याद हो त्यो पनि थाहा छैन खै कहाँसम्म त्यो पनि थाहा छैन। अब एकान्त कुनासम्म पुगेपछि सोचे खै यो वातावरणले मलाई हलचल दिएको जस्तो लागेन। मेरो मनलाई उदानसिताबाट पार लाउला जस्तो लागेन चिडियाखानाको वरपरको सेरोफेरो वातावरण जान्छु।

जहाँ गएपछि मेरो मन आनन्द हुन्छ जहाँ गएपछि मेरो शब्दहरु फुर्ने गर्छ जहाँ गएपछि मलाई आफ्नै संसार छुट्टै संसार जस्तो लाग्छ किनभने त्यो ठाउँ विशेष छ। खै किन हो त्यो मलाई थाहा छैन। त्यसपछि चिडियाखानाको वरपर वातावरणमा म बसिरहेको थिए। समय हेर्दा साढे छ भइसकेको थियो। उताबाट कलेज जाँदै गरेका एक जोडीहरू आउँदै थिए। खै के होरु उनीहरू रिसाएकोमा अवस्थामा थिए। सायद उनीहरूको बीचमा पनि केही खटपट थियो। उनीहरू मेरो नजिकतर्फ आउँदै थिए। म आफ्नै धुनमा थिए। मलाई कसैको प्रवाह थिएन। म एकान्तमा थिए। बस मलाई यहाँको वातावरणको रसमा डुबेको थिए। उनीहरू मेरो नजिकबाट गए तर उनीहरू रुँदै थिए। सायद उनीहरूबीच केही दुविधा हुन सक्छ उनीहरूको मन र पिर परेको हुनसक्छ , म यसरी यिनीहरूको वकालत गरिरहेको छु आफ्नै आत्माबाट म सायद प्रेमको विज्ञ हो जस्तो गरेर खै यो अतासिएको यो वैराग मन के पो भाछ जे पनि भन्न सक्छ सोच्न सक्छ। खै के हो ।

अब त समय पनि साढे सात बज्ला जस्तो छ। त्यसपछि म निस्किए कहाँसम्म त्यही पनि थाहा थिएन तर नजिकैको कफी शपमा गए एक चुस्की कफीसँगै आफ्नो अतासिएको मनलाई शब्दहरुका गुञ्जमान शब्दहरूसँग डायरीमा टिप्न थाले। अब बिस्तारै म एकाएकतर्फ लगनखेलतिर दगल्लिँदै गए लगनखेलको बसपार्क नजिकै पुगेपछि मेरो नयन कसैको नयन माथि पुग्न थाल्यो। मैले उसको नयनमा हेरिरहे नियालिरहे बस आफ्नै कल्पनाको संसारमा। ऊ हेर्दा कस्ती थि कि लगाएको थिए के पहिरन थियो त्यो मलाई मतलब थिएन मलाई बस उसको नयनसँग मेरो पागलपन यो मन उदासनताको उपचारको खोजीमा थियो। केवल उसको नयनले मलाई औषधि दिँदै थियो। ऊ सायद यहीको घरनाको मान्छे हुनसक्छ उ तरकारी किन्दै थिए। तर म एकाएक उसको नयनमा हेरिरहेको थिए। यसो सोचे मलाई त यो मन यो दिलको औषधिको उपचार त यही रहेछ भोलिबाट म पनि गाउँबाट बुवालाई पैसा हालेर ठेला किनेर व्यापार गर्नुपर्छ कि जस्तो लाग्न थाल्यो। हुन त मेरो खुसीमा बुवाआमा नै खुसी हो। तर पनि यो त अपवाद हो यार म त ग्रामीण भेगको किसानको छोरो पो परे।

यहाँको घरानाको छोरीसँगको आँखाको नयन हेर्नलाई मात्र म यति ठूलो जिन्दगीलाई धोका दिने , म बस्ने भैँसीपाटी भन्दा पनि उता। अनि लगनखेल उसको नयन हेर्नलाई म त जिन्दगी परिवर्तन हुन सक्छ एक नजरले एक समयले भन्नुहुन्थ्यो मेरो हजुरआमाले आज याद आउन थाल्यो। खै मेरो मनले के सोचिरहेको छ के। ऊ तरकारी किनेर पाटनतर्फ लाग्न थाली। म भने उसको पछि पछि हिँड्न थाले केवल उसको छड्के नजरबाट नयनलाई हेर्दा हेर्दै उसले नदेखेको जस्तो गरेर कानमा एयरफोन लगाएर आफ्नै तालमा बेग्लै संसारमा खै म त आफ्नै दुनियामा रहेछु। नजिकैको खाडलमा गएर म धकलिन पो पुगेछु। यसो यताउता कोही थिएन। खाडल पनि सानै थियो। तर कसैले देखेन ऊ आफ्नै धुन मा थिई तरकारी बोकेर एक हातमा उसलाई पनि मतलब थिएन।

म हिँड्दै थिए ऊ पनि हिँड्दै थिए तर हामी दुईलाई कसैको मतलब थिएन थियो त मेरो नाइनलाई उसको नयनसँग तर उसको नयनलाई मेरो नयनसँग केही पनि वास्ता थिएन। बिस्तारै बिस्तारै एउटा चोकबाट आफ्नो घरतर्फ लागि त्यसपछि ऊ घर नजिकै पुग्दाखेरि कुकुरलाई बिस्कुट, अन्य धेरै खाने कुराहरू कुकुरलाई दिएर आफ्नो अपार्टमेन्ट तर्फ लागि ठुलै घरानाको छोरी रहेछे अपार्टमेन्टमा बसने रहेछ। यो दिललाई धोका दिएर गई कस्तो पापी रहेछिन्। त्यसपछि म शङ्खमूलतर्फ लागेँ । शङ्ख मूल पुगेपछि युएन पार्कको छारीमा गएर बस्ने सोचे त्यसपछि आफ्नो ब्यागबाट डायरी ताने र केही हरपहरु लेखे। उसले दिएको घायल नयनले दिएको मेरो मनलाई दबाई। खै म त युएन पार्कमा डायरीमा केही हरपहरु लेख्दा लेख्दै चार पो बजेछ आज कैयौं लेखे क्या सायद आज मैले खाना पनि खाएको छैन। खाएको मात्र मैले आज लस्सी र दुईवटा चाउचाउ मात्र अनि मलाई हिजोबाट भएको मनमा लागेको घाउको दबाइ उसको नयन नयनको जादुमय मेरो दिलमा लागेको प्रहार। सायद यो बेमौसमी झारीले मलाई ठुलै उपहार दिएको जस्तो लाग्यो। म खुसी हुँदै आफ्नै गन्तव्यतर्फ लागे तर आजसम्म त्यही सडक त्यही गल्ली हिँडिरहे तर उसको नयन भेटाउन सकिन।।

तपाईको प्रतिक्रिया