सुर्खेत । सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) २ ग्राम ८ सय ५० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–११ मा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का २४ वर्षीय लोक प्रसाद आचार्य र सोही स्थानका २० वर्षीय धनबहादुर सोमै मगर रहेका प्रहरीले जनाएको छ । उनीहरूको साथ र घर तलासी गर्ने क्रममा शुद्ध २ ग्राम ८ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी म्याद थप गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।











नेपालीरैबार । २०८२ भाद्र १८, बुधबार