सडकदेखि अस्पतालसम्म सरकारको दमन : प्रदर्शनमा १९ युवाको ज्यान, सयौँ घाइते

काठमाण्डौँ । जेन–जी प्रदर्शनमाथि सरकारको दमन १९ को मृत्यु, ४२६ घाइते भ्रष्टाचार नियन्त्रण, बेबी नेपोको अन्त्य र सामाजिक सञ्जाल पुनः खुला गर्नुपर्ने मागसहित सडकमा उत्रिएको जेन–जी पुस्तामाथि सरकारले गोलीको वर्षा गरेको छ । यस दमनमा १९ युवाले ज्यान गुमाएका छन् भने ४२६ जना घाइते भएका छन् । घाइतेमध्ये ४२ जनाको अवस्था गम्भीर छ र उनीहरू आइसियूमा राखिएका छन् ।

संसद् भवनतर्फ जुलुस

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुगेर संसद् भवन प्रवेश गर्नेबित्तिकै सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाए । त्यसपछि काठमाडौँमा मात्रै १७ र इटहरीमा दुई जनाको ज्यान गयो ।

अस्पतालमै दमन

घाइतेले उपत्यकाका ठूला अस्पतालहरू भरिएका छन् । तर सरकारको दमन सडकमै सीमित रहेन । सिभिल अस्पतालको इमर्जेन्सीमै प्रहरी प्रवेश गरी चिकित्सकमाथि लाठी र बुट प्रहार गरेको, अश्रुग्यास र रबरका गोली प्रहार गरेको आरोप छ ।

सिभिल र एभरेस्ट अस्पतालमा अत्यधिक घाइते पुगेका थिए भने गम्भीर अवस्थाका केहीलाई ट्रमा सेन्टर, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । बानेश्वर क्षेत्रमा निरन्तर भिडन्त भएकाले एम्बुलेन्समार्फत घाइते लैजान पनि ढिलाइ भएको थियो ।

स्वास्थ्य संस्थामाथि दबाब

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार एकैपटक सयौं घाइते आउँदा उपचारमा ठूलो चुनौती थपियो । “बेड र रगतको अभाव भयो, केहीलाई अन्यत्र रिफर गर्नुपर्‍यो । अश्रुग्यासले अस्पतालमै उपचार अस्तव्यस्त बनायो,” उनले भने । ट्रमा सेन्टरका निर्देशक डा। बद्री रिजालले वीर अस्पतालबाट जनशक्ति ल्याएर भए पनि घाइतेको उपचार व्यवस्थित पार्ने प्रयास गरिएको बताए ।

मृत्यु र घाइतेको अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ट्रमा सेन्टर  ८ मृत्यु, ५५ उपचाररत,सिभिल अस्पताल  ३ मृत्यु, १७० उपचाररत, एभरेस्ट अस्पताल  ३ मृत्यु, १०२ उपचाररत, केएमसी  २ मृत्यु, ३५ उपचाररत, त्रिवि शिक्षण अस्पताल  १ मृत्यु, १५ भन्दा बढी उपचाररत, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान  ५ घाइते,बी एन्ड बी अस्पताल  ४ घाइते,धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (इटहरीका घाइते)  २ मृत्यु, हालसम्म ४२ जना आइसियूमा छन् — ट्रमा र एभरेस्टमा १२–१२, त्रिवि शिक्षणमा ४, केएमसीमा ३, पाटनमा २, बी एन्ड बी र सिभिलमा एक–एक तथा उपत्यकाबाहिर ६ जना, कसैकसको गोली सोमबारै निकालिएको छ भने केहीको मंगलबार शल्यक्रिया हुने तयारी गरिएको छ । सुरक्षाकर्मी पनि घाइते प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार प्रहरीतर्फ पनि ३८ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया