सुर्खेतमा ट्रक,मोटरसाइकल ठोक्किँय, एकको मृत्यु, एक गम्भीर घाइते

सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका–१२ पाडुलेमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् । असोज ६ गते  सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको चालक ईश्वर मर्स्याङ्गी ले चलाएको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले छिन्चुतर्फ गइरहेको लु.प्र.०३–००१ प.३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

फाइल फाेटाे

दुर्घटनामा मोटरसाइकलमा सवार दुईमध्ये अछाम पञ्चादहल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाही गम्भीर घाइते भएका छन्। उनको खुट्टा र छातीमा चोट लागेर अहिले माया मेडिकल, छिन्चुमा उपचार भइरहेको छ।

सोही मोटरसाइकलमा सवार करिब २२ वर्षका एक पुरुषलाई उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ सुर्खेत लगिएकोमा चिकित्सकले  मृत घोषणा गरेका हुन् । मृतकको परिचय खुल्न बाँकी छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी नायब निरीक्षक पदम खत्रीको कमाण्डमा पाँचजनाको टोली खटिएको थियो । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया