भेरी कोरिडोरका हुलाक कार्यालयको अनुगमन

सुर्खेत । हुलाक निर्देशनालय सुर्खेतले भेरी कोरिडोरअन्तर्गत जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानका हुलाक कार्यालयहरूको अनुगमन गरेको छ। सेवा प्रवाह, भौतिक संरचना, जनशक्ति, डाँक ढुवानी र समन्वयका विषयमा स्थलगत निरीक्षण तथा छलफल गरिएको निर्देशनालयका निर्देशक गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

भूकम्पले क्षति पुर्‍याएको जाजरकोट हुलाक कार्यालयको पुनर्निर्माण कार्यको अवस्थासमेत अवलोकन गरिएको थियो। प्राप्त सुझावका आधारमा हुलाक सेवा छिटो, भरपर्दो र प्रभावकारी बनाउन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया