सुर्खेत । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरअनुसार आज छापावाला सुन प्रतितोला रु २,५२,४०० मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु ३,५५५ कायम गरिएको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला रु २,५३,३०० रहेको थियो भने चाँदी रु ३,६२५ मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतार–चढाव जारी रहेकाले आज एक औँस सुन ४,२४० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।









नेपालीरैबार । २०८२ मंसिर १९, शुक्रबार