एजेन्सी । भारतीय योगगुरु बाबा रामदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात हुनुहुन्छ । एउटा मिशनकै रुपमा भारतीय र विश्वको अरु भागका मानिसलाई योग सिकाउने बाबा रामदेव कतिपय अरु हर्कतबाट पनि चर्चामा आइरहनुहुन्छ ।
योगका माध्यमबाट मानिसको स्वास्थ्यलाई दुरुस्त राख्न सघाउने उहाँ आफ्नो खर्बौको आयुर्वेदिक कम्पनीमार्फत् औषधि बेच्ने एक व्यापारीका रुपमा पनि चिनिनुहुन्छ । उहाँ बेलाबखत चटक देखाउन पनि माहिर हुनुहुन्छ । केही वर्ष पहिले अनशनस्थलबाट भाग्दा महिलाको पोशाकमा प्रहरीले पक्रँदासमेत उहाँ चर्चामा हुनुहुन्थ्यो ।
यस पटक भने उहाँ हात्तीमाथि चढेर योग गर्ने अर्को चटक देखाउन खोज्दा लडेर चर्चामा आउनु भएको हो । भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा उहाँ गर्ल्याम्म गुर्लुम्म तल भुईंमा पछारिनु भएको हो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको बीबीसी हिन्दीले लेखेको छ ।
जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े…
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn
— BBC News Hindi (@BBCHindi) October 13, 2020
नेपालीरैबार । २०७७ आश्विन २८, बुधबार