फ्लोक्रस गरेका सांसद पुनर्वहाली, सांसद बैठकमा अनुपस्थित

सुर्खेत । फ्लोक्रस गरेर पदमुक्त भएका चार सांसदहरु कर्णाली प्रदेश सभामा पुनर्बहाली भएका छन् । यहीँ जेठ २७ गते सर्वोच्च अदालतले पुदमुक्त गरेको प्रक्रिया नमिलेको भन्दै सांसद पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएपछि प्रदेश सभामा पुनर्वहाली कायम गरिएको हो ।

सम्बन्धित समाचार
फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
सत्यको पक्षमा वकालत गर्दा जित भयो र न्यायपालिकाप्रति विश्वास बढ्यो ः सांसद ज्वाला

प्रदेश सभाका सभामुख राजबहादुर शाहीले आजको संसद बैठकमा पुनर्वहाली गरेको पत्र पढेर सुनाएका थिए । ‘एमाले सांसद क्रमश प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पुनर्बहाली गरिएको जानकारी गराउँदछु,’ सर्वोच्चले पठाएको पत्र सुनाँदै सभामुख शाहीले भने ।

आजको बैठकमा चारै जना सांसद बैठकमा उपस्थिती भएका छैनन् । संसदमा पुनर्वहाली भएको पत्र पेश भएकाले भोलीबाट संसद बैठकमा सहभागी हुने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया