
सुर्खेत । यहीँ बैशाख ३० गते गर्न लागिएको स्थानीय तहको निर्वाचनमा आकाँक्षीहरुले धामधम आफ्नो उम्मेद्वारी सार्वजनिक गरिरहेका छन् । यहीँ बैशाख ११ र १२ गते निर्वाचन आयोगले पालिकामा उठ्ने उम्मेद्वारहरुलाई मनोनयन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । कणाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर प्रदेशकै ठुलो नगरपालिका हो । राजधानीकाे नगरपालिका वीरेन्द्रनगरको प्रमुख पदका लागि काँग्रेसका युवा नेता एवम् समाजसेवी हरी विष्ट पनि उम्मेद्वारको आकाँक्षी हुन् ।
उनीसहित काँग्रेसबाट सात जनाले मेयर पदको उम्मेद्वारीका लागि दावी गरिरहेका छन् । नगर प्रमुख देवकुमार सुवेदी पुनः मेयरमा नदो¥याउने संकेतपछि विष्टले मेयरका लागि दावी गरिरहेको काँग्रेस स्रोत बताउँछ । तरुण दल सुर्खेत अध्यक्ष एवम् पार्टी सह–सचिव समेत रहेका विष्टले उम्मेद्वारीमा दावी प्रस्तुत गर्नु सकरात्मक पक्ष नै भएको काँग्रेस भित्रै चर्चा हुने गरेको छ । पार्टी भित्र र बाहिरै वीरेन्द्रनगरको मेयरका बलिया प्रतिस्पर्धी विष्टको चर्चा भइरहँदा नेपालीरैबारसँग विष्टले भने, ‘पार्टीले विश्वास गरेर अवसर दिएको खण्डमा मेयर बन्ने आँकाक्षा छ ।’
वीरेन्द्रनगर नगरपालिका १ बाँगेशीमलमा जन्मिएका विष्ट सानै उमेरदेखि नेपाली काँग्रेसमा लागेका थिए । हक्की, निडर र पार्टीप्रति बफदार रहने विष्ट देशमा बहुदल आएदेखि नेपाली काँग्रेसबाट सक्रिय राजनीति जीवन सुरु भएको हो । कलाकार, समाजसेवी, खेलाडी र राजनीतिज्ञको रुपमा परिचय स्थापित विष्टले भने, ‘म पदको लोभ हैन, पार्टीले अवसर दिएको खण्डमा चुनाव जित्छु यो मेरो दावी हो ।’
सबै क्षेत्रमा राम्रो दख्खल राख्ने विष्ट विशेष गरी कोरोना महामारीका बेला समाजसेवामा अहोरात्र नगरवासीको सेवामा खटिएका थिए । सुर्खेतमा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहर चल्दा समस्यामा परेका ज्यालादारी गर्ने मजदुर, विद्यार्थी, कोठा भाडामा बस्ने अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ज्यानको प्रवाह नगरी घरमै पुगेर खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेका थिए ।
कोरोनाका कारण लगाइएको लकडाउनमा घरबाहिर निस्कने अवस्था थिएन । तर, आफ्नोे ज्यानको बाजी राखेर नागरिकको घर घरै पुगेर आर्थिक तथा जिन्सी सामग्री वितरको अभियानले विष्टको पहिचान थप परिचित बनाएको हो ।
विष्टले लकडाउनको क्रममा विपन्न र समस्यामा परेका नागरिकलाई करिब पचास लाख खर्च गरेका छन् । समाजसेवासँगै उनी पार्टीको संगठन निर्माणमा सक्रिय छन् । जिल्लाभर पार्टी तथा तरुण दलको विस्तारमा उनको ठुलो भुमिका छ ।
पद लोभी नभएर एकै जिम्मेवारी पदमा रहनु पर्छ भन्ने मान्यता राख्ने विष्ट भन्छन्, ‘पार्टीले विश्वास गरेर उम्मेद्वारको टिकट दिए निर्वाचितपछि सरकारी कुनै पनि पारिश्रमिक सेवा सुविधा विपन्न परिवारहरुलाई सुम्पिनेछु ।’ पार्टीको तल्लो तहसम्म आफ्नो पहुँच स्थापित गरेका विष्टले वीरेन्द्रनगरको मेयरको टिकट पाए चुनाव जित्ने आधारहरु धेरै रहेको बताउँछन् । खेल र कलाकारिता क्षेत्रबाट पनि परिचित भएको भन्दै मेयर पदमा सहज जित हाँसिल हुने उनको तर्क छ ।
वीरेन्द्रनगरको प्रमुख समस्या खानेपानीको सहज उपलब्धता गराउन भेरीको पानी उपत्यकामा ल्याएरै छाड्नेदेखी नगरको सुन्दरतालाई कायम राख्न गुरु योजना तयार गरी व्यवस्थित सहरका रुपमा विकास गर्ने उनको योजना हो । साथै, पुर्वाधार विकासमा भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माणमा जोड, युवा स्वरोजगार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सडक विस्तार, बजार व्यवस्थापन लगायतका समग्र वीरेन्द्रनगरको विकासका लागि नगरवासीको मन जितेर समृद्ध नगर निर्माणमा ध्यान केन्द्रित गर्ने विष्ट बताउँछन् ।

ओम शाही । २०७९ बैशाख ७, बुधबार