अब वीरेन्द्रगरमा रूखमै बसेर खान र सुत्न पाइने

फरक-फरक डिजाइनमा तयार हुने ट्री हाउसको संख्या २५ रहने छन् ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनानु दिन बढ्दै गइरहेको बजारीकरणका कारण वातावरणीय हिसाबले अस्तव्यस्त बन्दै गईरहेको छ । खुला जमिनहरु विस्तारै मासिदै गएका छन् ।

कोलाहलयुक्त वातावरणीय प्रदुषण यत्रतत्र छाएको छ । दैनिक थकान मेट्न र प्रकृतिसँग रमाउँन वीरेन्द्रनगर बाहिर जानु पर्ने स्थिती बनेको छ । युवा पिढी हुन या बुढापाकाको रोजाई आजभोली प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ पर्न थालेका छन् ।

प्रकृति एउटा यस्तो अनुपम ठाउँ हो । जसले शारीरिक तथा मानसिक थकानलाई छिन भरमा शान्त पारिदिन्छ । मनोरञ्जनका कृतिम ठाउँहरु निर्माण गर्ने होडबाजी नै चलेका बेला वीरेन्द्रनगर–४, सहिद पार्क नजिक भने एक फरक खालको विशेषतासहित पार्क निर्माण भईरहेको छ ।

करिब सात करोड लगानी लाग्ने अनुमान गरिएको ‘काँक्रेबिहार फन पार्क एण्ड ट्रि हाउस’ निर्माण हुन लागेको हो । प्राकृतिक सौन्दर्यतालाई नबिग्रने गरी डुम्री लगायत जातका रुखमा फलामे छडका सहायताले रुख अनुकुल घर निर्माण भईरहेका छन् ।

विभिन्न फरक डिजाइनमा तयार हुने ट्री हाउसको संख्या २५ रहने छन् । बगैचा, फोटो सेसनका लागि संरचना, मनोरञ्जन स्थल पिङ्ग, स्वीमिङ्ग पुल तथा पार्कका वालमा कर्णाली झल्काउने प्रमुख ऐतिहासिक पर्यटकिय स्थलहरुको थ्री डि पेन्ट राखिने छ, भने पार्कमा लजिग फुडिङ्गका लागि एटेजसहितका कोठाको व्यवस्थासमेत रहने छ ।

विगत भविश्यमा सहिद पार्क माथी हुँदै पार्कसम्म जिपलाईनसमेत निर्माण हुनेछ । जसले सहिद पार्क अवलोकनमा थप सहजता हुने पार्क सञ्चालक कर्णबहादुर सुस्लिङको भनाई छ । सुस्लिङले इन्डोनेसियामा निर्माण गरिएका जंगली प्राकृतिक पार्कबाट प्रभावित भएर त्यस्तै खालको डिजाइन सुर्खेतमा निर्माण थालेका हुन् ।

१५ वर्ष युएइ प्रहरीमा जागिर खाएका उनले नेपालमै केही गर्नु पर्छ भन्ने लागेपछि ट्रि हाउस सञ्चालन गर्ने योजना बनाएको बताए । ट्री हाउस सञ्चालनमा आए प्रत्यक्ष अप्रत्यक्ष करिब ३० जनाले रोजगारी प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया