बराहतालकाे इखेनी बस्तिमा निःशुल्क स्वास्थ परिक्षण

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ को इखेनीमा अल्ट्रा साउण्ड सहितको निःशुल्क स्वास्थ परिक्षण शिविर सम्पन्नभएको छ । गरिवी, अशिक्षा र वेरोजगारी समस्याबाट ग्रसित इखेनीका नागरिक अस्वस्थ खानपानका कारण विभिन्न स्वास्थ्य समस्यामा परेको थाहा पाएपछि महिला जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बराहताल गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो । शिविरमा जचाउन आएका इखेनीका नागरिकका प्राय समस्या उस्ता उस्तै थिए । धेरै जसो महिलाहरु पेट दुख्ने समस्या लिएर आएका थिए भने, पुरुषहरुमा हाडजोर्नी दुख्ने, आँखा र छालाको समस्या देखिएको थियो ।

बालबालिकाहरुमा कुपोषण, छाला लगायतका समस्या थिए । उपचारमा संलग्न कर्णाली प्रदेश अस्पतालका स्त्री तथा प्रशुति रोग विशेषज्ञ डाक्टर ललित जङ्ग शाहीका अनुसार अस्वस्थ व्यक्तिगत खानपानका कारण महिलाहरुमा सेतो पानीबग्ने, तल्लो पेट दुख्ने लगायतका समस्या देखा परेको बताए ।

शाहीले भने ‘अल्टा साउण्डको सुविधापाइने भएर पनि होला जाँचका लागि गर्भवती महिलाहरु पनि आएका  थिए । सामान्य रुपमाहामीले उनीहरुको स्कृनिङ्ग ग¥यौं । ‘उनीहरुको पाठेघरमा पानीको मात्रा घटेको, कसैको च्यातिएको तथा गर्भवति हुने समय भएको तर बच्चा उल्टो परेका महिलाहरुलाई प्रदेश अस्पतालमा आउन सल्लाह दिएका छौं ।’ यस्तै पाठेघर खसेका २ जनालार्ई समेत प्रदेश अस्पताल आउन सल्लाह दिएको शाहीको भनाई छ । धेरै जसो महिलाको पाठेघरमा समस्या देखिनुको कारण कम उमेरमा धेरै बच्चा जन्माउनु रहेको डा. शाहीको भनाई थियो । जाँचकाक्रममामहिलाहरुले तल्लो पेट दुख्ने, पाठेघर खसेको महशुस हुने गरेको समस्या राखेको बताउदै शाहीले भने भयो ‘हामीले उनीहरुले राखेका  समस्या अनुसार जाँच्दा खेरी वास्विकतामा भने त्यस्तो पाएनौ ।’

सानो उमेरमा विवाह गरी धेरै बच्चाजन्माउनु, खान पिन तथा सरसफाईमा ध्यानन दिनु जस्ता कारणले पाठेघरको मांसपेशी कमजोर भइत्यस्तो समस्या देखिएको शाहीको भनाई छ । पिछडिएका तथा विपन्न वर्गका महिलाहरुलाई लक्षित गरी जेसिजको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविर आयोजना गरिएको सुर्खेत महिला जेसिज–२०२२ कीअध्यक्ष मनिषा कौशलले बताइन् । अध्यक्षकौशलले भनिन् ‘यहाँका महिलाहरु एकदमै पिछडिएका छन् । महिलाहरुलाई आफ्नो शरिरमा कुन रोग छ भन्ने पनि थाहा छैन भन्ने सुनेर हामीले शिविरको आयोजना गरेको हौं ।’ उनले भनिन्  ‘विशेष गरी महिलाहरुमा पाठेघरको समस्या देखा परेको छ ।

यहाँ हुने सामान्य उपचारले ठिक नभएका विरामीलाई थप उपचारको व्यवस्था मिलाउने योजनामा छौं ।’ संस्था सँग आफ्नै आर्थिक स्रोत नभए पनि उपचारमा सहयोग गर्ने कौशले प्रतिवद्धता जनाइन् अल्ट्रा साउण्डसहितको स्वास्थ्य शिविरमा स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. ललितजङ्ग शाही, बालरोग विशेषज्ञ डा. नवराज केसी, डा. इन्द्र थापाले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बराहताल वडा नं. ५, ६, ७ र ८ का करिव एकसय २० महिला र ८० जना पुरुषहरुले स्वास्थ्य जाँच गराएका थिए ।

 

तपाईको प्रतिक्रिया