सुर्खेत । कर्णालीका आज मन्त्रिमण्डलले पुर्णता पाउने भएको छ । त्यसका लागि सत्तारुढ दल नेकपा एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन ।
माओवादीबाट वीरबहादुर शाही, महेन्द्र केसी र दुर्ग रावत मन्त्री बन्दैछन् भने एमालेबाट को बन्दैछन् भन्ने कुरा बाहिर आएको छैन । एमालेबाट तीन जना मन्त्री बन्नेछन् । ८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिं परियार मन्त्री भइसकेका छन् ।
नेपाली रैबारमा मंगलबार बिहान प्रकाशित यो समाचार पनि हेर्नुहोस ।
२२ दिनसम्म पनि सरकार विस्तार गर्न मुख्यमन्त्री कँडेल ‘असक्षम’
नेपालीरैबार । २०८१ बैशाख १८, मंगलवार