चाइनापुल दुर्घटना : बसले नै अटोरिक्सालाई ठक्कर दिएको पुष्टि

सुर्खेत । चाईनापुलमा सोमबार साँझ भएको अटोरिक्सा दुर्घटनामा बसले नै ठक्कर दिएको पुष्टि भएको छ । ठक्कर दिए लगत्तै फरार रहेको बस ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि बसले नै ठक्कर दिएको पुष्टि भएको हो ।

सम्बन्धित समाचार
चाइनापुलमा अटोलाई ठक्कर दिएर गाडी फरार, चालक घाइते
भयानक अटोरिक्सा दुर्घटना सीसी क्यामरामा रेकर्ड

प्रहरीले सीसी क्यामराको भिडियो रेकर्डका आधारमा कर्णाली प्रदेश ०२००१ ख ०१७६ नम्बरको बसलाई मंगलबार विहान नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा बसको अगाडी पट्टीको बाँया भागले अटोरिक्सालाई ठक्कर दिएको र चाइनापुलको पूर्वतर्फबाट सिधै खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनकाअनुसार बसको अगाडीतर्फको बायाँ भाग कुच्चिएको छ । ‘सीसी क्यामरामा ठक्कर दिएको देखिँदैन्, तर पुलदेखि पूर्वतर्फ नै पहिला ठक्कर दिएर अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,’ आचार्यले भने ।

बस र चालकलाई नियन्त्रणमा लिएर छलफलका लागि दुवै पक्षलाई बोलाइएको आचार्यको भनाई छ । दुर्घटनामा भैरवी गाउँपालिका–१ का कर्णबहादुर थापा घाइते छन् । उनको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया