कोरोना जितेका मनकारी केसीको पहलमा विरामीलाइ सामग्री प्रदान

सुर्खेत । खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय सुर्खेतका लेखाअधिकृत सुशील केसी यहीँ बैशाख ९ गते कोरोना संक्रमित भए । उनी भोली पल्ट अर्थात् बैशाख १० गते कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा भर्ना भए । शुरुका तीन दिन केसीको स्वास्थ्य अवस्था असज भएपछि अक्सिजन नै लगाउनु प¥यो ।

उनी अस्पतालमै रहँदा चिंगाढ गाउँपालिकाका प्रेम विक पनि आइसाेलेशनमा थिए । केसीले झण्डै आठ दिन अस्पतालमा बसेर कोरोना संक्रमण जितेर घर फर्किए । तर प्रेमकाे भने काेराेना संक्रमणकै कारण मृत्यु भइसकेकाे छ ।

प्रेम जस्तै अन्य व्यक्ति काेराेना संक्रमणकै कारण मृत्यु हुन नपराेस् भन्ने हेतुले केसीको पहलमा आइसाेलेशनमा रहेका विरामीहरुकाे सहजताका लागि ईलेक्ट्रीकल जग र गिलासहरु सहयोग गरेका छन् ।

कार्यालयका प्रमुख प्रमुख श्रीधर भट्टराई र स्टोर किपर थिरकुमार न्यौपाने लगायतको समन्वयमा केसीले ति सामग्रीहरु आइसोलेशनमा बसेका विरामीहरुका लागि प्रदान गरेको केसीले नेपालीरैबारलाई जानकारी दिए ।

‘दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि शुरुमै आफै संक्रमित भए,’ केसीले भने, ‘आइसोलेशनमा बसेका विरामीहरुलाई थप सहजताका लागि आवश्यक सामग्रीहरु सहयोग गर्न पहल गरेको हुँ, ति सामग्रीहरु प्रदेश अस्पताललाई प्रदान गरिसकेको छ ।’

अस्पतालाई आवश्यक पर्ने अन्य सामग्रीहरु सहयोग गर्नमा पनि आफू तयार रहेको केसी बताउँछन् । सामाजिक कार्यमा एक कदम अघि बढ्ने मनकारी केसीले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोगी प्रदान गर्दै आएका छन् ।

‘विगतकोभन्दा अहिलेको कोरोना संक्रमणलाई कम ठान्नु मुर्खता हुनेछ,’ केसी भन्छन्, ‘स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर कोरोना संक्रमणबाट बच्न आम नागरिकहरुलाई मेरो अनुरोध छ ।’

तपाईको प्रतिक्रिया