बन्ने भयाे हरित सहर वीरेन्द्रनगर !

नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार सम्झौता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कर्णालीको राजधानी सहर सुर्खेतलाई हरित नगरको रुपमा विकास गर्ने भएको छ । ‘शहरी वन विकास’ (विरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिका र भु–संरक्षण विभाग बिच द्विपक्षीय सम्झौता भएपछि वीरेन्द्रनगर नगरपालिका हरित नगरपालिकाको रुपमा विकास हुने सम्भावना बढेको हो ।

कर्णालीको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैंया रकम सहितको सम्झौता भएपछि वीरेन्द्रनगरलाई हरित नगरको रुपमा विकास गर्ने याजनाले सार्थकता पाएको हो ।

यो कार्यक्रम अन्तरगत राजधानी शहर वीरेन्द्रनगरका सडक किनारमा वृक्षारोपण गरेर हरित शहरको रुपमा निर्माण गरिने छ । साझेदारीमा सहरी वन विकास कार्यक्रम संचालन कार्यविधि २०७७ अनुरुप कार्य गर्नुपर्नेछ । वीरेन्द्रनगर नगरपालिकालाई ग्रिनरी नगर बनाउने अवधारणा अनुरुप सडक किनारमा करौडौ मूल्यका विरुवा रोप्न थालिएको हो ।

याे पनि   ‘सहरको शोभा बढाउन ग्रिनरी वीरेन्द्रनगर बनाउँदैछौं’

अबको दुई वर्षमै वीरेन्द्रनगरलाई हरियाली पार्ने नगरपलिकाले लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको अषाढ मसान्तमा सक्ने गरी काम भइरहेको छ । वीरेन्द्रनगरमा हाल निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्ता लगायत जातका विरुवा रोपेर सुर्खेतलाई हरियाली पारिने छ । वृक्षारोपण कार्य डिभिजन बन कार्यालय वा सबडिभिजन बन कार्यालयसँगको सहकार्यमा सम्पन्न हुनेछ ।

जसले वीरेन्द्रनगरको थप शोभा बढ्नेछ । सोही अनुरुप वीरेन्द्रनगरका सडकहरु धमाधम चौडा पार्ने कार्य भइ रहेको छ । वीरेन्द्रनगर नगरपालिकाले सडक पूर्वाधार विकासका कामहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाले थालेको ग्रिन सिटीको अवधारणा सफल हुने हो भने वातावरिणय हिसावले पनि सुर्खेत स्वच्छ शहरमा परिणत हुनेछ ।

तर, यो सजिलो भने छैन । ग्रिनरी शहरको अवधारणमा वीरेन्द्रनगर नगपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले ग्रिनरी सहर बनाउने काम जारी रहेको बताए । ग्रिनरीले वीरेन्द्रनगर सहरको थप शोभा बढ्नेछ, नगरप्रमुख सुवेदीले भने, ‘जहाँ ग्रिनरी वीरेन्द्रनगरमा आउने पर्यटकदेखि स्थानीयवासी सबैले आनन्द महसुश गर्नेछन् ।

वातावरिणय रुपले पनि स्वच्छ त हुने नै छ यसले सहरलाई धुलोधुवाँबाट बचाउँदै स्वच्छ हावा प्रदान हुनेछ ।’ नगरप्रमुख सुवेदीका अनुसार ग्रिनरी वीरेन्द्रनगर बनाउन चालु आ.ब. को असार मसान्तसम्म वीरेन्द्रनगरलाई हरियाली पार्ने काम सम्पन्न गर्नेगरी काम भइ रहेको बताए । तर, यो योजना कार्यान्वयनमा भने चुनौती देखिएको छ । जानकारहरुले यो राम्रो योजना भएपनि कार्यान्वयन गर्न नगरपालिका असफल हुन सक्ने बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिका र भु–संरक्षण विभागबीच द्विपक्षीय भएकाे सम्झौता

 

तपाईको प्रतिक्रिया