किसान परिवारमा हुर्किएका पोख्रेलकाे निजामति यात्रा

‘अर्घाखाँचीमा जन्मिए, कर्मभूमी कर्णाली बनाए’

२६ वर्ष विभिन्न भुमिकामा रहेर काम गरेका पोख्रेलले नागरिकलाई सेवा प्रवाहमा कहिल्यै पट्यार र झन्झट भोग्न नपरेको अनुभव उनीसँग छ ।

कर्णाली भौगोलिक रुपमा विकट प्रदेश हो । कर्णालीमा सरकारी कर्मचारी सहजै आउन मान्दैनन् भन्ने आरोप कर्मचारीलाई लाग्ने गरेको छ । यद्यपी आइहाले पनि धेरै बस्न मन पराउँदैनन् । देश संघीयतामा गएसँगै राज्यको सहभागिता फराकिलो बनेको छ । स्थानीय तहका माध्ययमबाट सरकारका प्रतिनिधिका रुपमा कर्मचारीहरु गाउँ– गाउँ पुगेका छन् ।

जसले नागरिकलाई सेवा लिन सहज बनाइ दिएको छ । नागरिकप्रति उत्तरदायी हुन नसकेको आरोप पनि कर्मचारीमाथि लाग्ने गरेको छ । जीवनको ऊर्जावान २६ वर्ष सरकारी सेवामा बिताएका कृष्णप्रसाद पोख्रेल जागिरको उत्तरार्धमा छन् ।

अर्घाखाँची जिल्लामा जन्मिएका पोख्रेल २०५४ सालमा लोकसेवा आयोगको परिक्षा दिन सुर्खेतमा पाइला टेके । सफलता भाग्यमा होइन, कर्ममा हुन्छ, किनकी कर्म गर्नेहरु नै सफलताको शिखरसम्म पुगेका उदाहरण धेरै छन् । तर, सफलता चुम्न मेहनत र परिश्रमले मात्रै पुग्दैन । आफूविरुद्ध उभिनेहरुलाई पनि परास्त पार्न सक्नुपर्छ ।

सानैदेखि परिश्रमि पाख्रेलले सरकारी जागिर यात्राको पहिलो प्रयास सुर्खेतबाट सफलता हात परेको हो । ऊ बेला उनको पहिलो कार्यथलो बन्यो मुगु जिल्ला । उनलाई मुगु पुगेर काम गर्न त्यति सहज थिएन त्यै पनि उनले मुगुमा चार वर्ष बिताए । सामान्य किसान परिवारमा जन्मिएका पोख्रेलको बाल्यकाल संघर्षमय थियो ।

कर्णालीबाट सरकारी नौकरी सुरुगरी कर्णालीबाटै सेवा निवृत्त हुन लागेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोख्रेलसँग जीवन भोगाइ र सेवा अनुभवमा केन्द्रीत रहेर नेपालीरैबारकर्मी ओम शाहीले गरेको कुराकानीको सम्पादित अशं :

बाल्यकाल

साविक अर्घाखाँची जिल्लाको छत्रगञ्जमा जन्मेका पोख्रेलको पुख्र्यौली पेशा कृषि हो । उनी मध्यम परिवारमा हुर्किएका एक मेहनति व्यक्ति हन् ।

पोख्रेलको औपचारिक शिक्षाको सुरुवात अर्घाखाँचीकै सार्वजनिक माध्यमिक विद्यालयबाट सुरु भयो । उनले सोही विद्यालयबाट २०४३ सालमा एसएलसीसम्मको अध्ययन पुरा गरे ।

मध्यम परिवारमा हुर्किएका कारण पनि उनका लागि राम्रो विद्यालयमा अध्ययन गर्ने सपना मात्र थियो । उनको गोजीमा रुपैयाँसमेत हुँदैनथ्यो । नयाँ लुगा लगाउन चाडवर्प नै पर्खनु पर्ने उनको बाध्यता थियो ।

अभावकै बीच कडा मेहनत गर्दै अहिले उनी जागिरको शिलशिलामा भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । मध्यम परिवारमा जन्मिएकै कारण पनि परिवारको गर्जो टार्न निजामति कर्मचारी बन्नै पर्ने उनको बाध्यता थियो ।

निजामति प्रवेश

२०४३ सालमा एसएलसी उत्तीर्ण गरेका पोख्रेलले सुर्खेतको शिक्षा क्याम्पसबाट स्नातकसम्मको अध्यन पुरा गरे । २०५३ सालमा जागिरको शिलशिलामा लोकसेवा आयोगको परिक्षा दिन पहिलो पटक सुर्खेत आए ।

लोकसेवामा नाम निक्लिएपछि जिल्ला हुलाक कार्यालय मुगु पुगे । पोख्रेलले मुगुमा चार वर्ष विताए । मुगु पश्चात पोख्रेल क्षेत्रिय हुलाक निर्देशनालय सुर्खेत, जिल्ला निर्वाचन कार्यालय जाजरकोट, खानेपानी कार्यालय जाजरकोटको प्रमुखको जिम्मेवारीमा निर्वाह गरे । मालपोत कार्यालय टिकापुर, मालपोत कार्यालय मेहलकुनामा काम गरेको कार्यअनुभवन उनीसँग छ ।

अहिले उनी भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । पोख्रेल यसअघि साविक छिन्चु गाविसको सचिव भएर काम समेत गरिसकेका छन् । हाल उनी भेरीगंगाका नगरपालिकावासी पनि हुन् । जागिरको शिलशिलामा सुर्खेत आएका उनी अन्तत कर्म थलोसहित स्थायी बसोवाससमेत सुर्खेतलाई बनाएका छन् ।

कार्यअनुभव

रैबारकर्मीको टोली पोख्रेलको कार्यकक्षमा पुग्दा उनी सेवाग्राहीका फाइल हेर्दै थिए । यो क्रममा उनी २०७१ सालमा परेको चट्याङ्ग लागि एउटा खुट्टा गुमाएकी हजारी विष्टका श्रीमान् सिवलाल गिरी आफ्नी श्रीमतीको उपचारका लागि नगरपालिकालाई सहयोग गरिदिन आग्रहसहितको निवेदन लिएर पोखे्रलको कार्यकक्षमा पुगे ।

गिरी त्यहाँ पुगेपछि पोख्रेलले शान्त स्वरले सोधे के थियो होला हजुर ? गिरीले मलिन अनुहारमा भने, ‘सर मलाई मेरी श्रीमतीको उपचारका लागि सहयोग गरिदिनुस् ।’

फाईल बुझेपछि पोख्रेलले गिरीलाई कानुन अनुसार आफूले सक्ने जति सहयोग दिने प्रतिवद्धतासहित कार्यपालिकाको बैठकबाट निर्णय गराएर आफै फोन गर्ने आश्वासन दिएर गिरीलाई खुशी पार्दै फर्काए ।

२६ वर्ष विभिन्न भुमिकामा रहेर काम गरेका पोख्रेलले नागरिकलाई सेवा प्रवाहमा कहिल्यै पट्यार र झन्झट भोग्न नपरेको उनीसँग अनुभव छ । उनले जिम्मेवारी सम्हालिसकेका कार्यालयहरु हुलाक, खानेपानी, निर्वाचन कार्यालय, मालपोतमा जस्ता फरक फरक कार्यालयमा काम गर्दा सेवाग्राहीसँग कुनै विवाद नगरेर सेवाग्राहीलाई सन्तुष्ट बनाएका छन् ।

पोख्रेल २०७८ चैत १६ गतेबाट भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । नागरिकको सहयोग, जनप्रतिनिधिसँगको सहकार्यबाट नगरपालिकाको विकास निर्माण तथा सुशासन कायम गर्न मध्यस्तकर्ताको भुमिका खेल्ने उनको प्रतिवद्धता छ ।

 

तपाईको प्रतिक्रिया