सुर्खेत विमानस्थल विस्तारकाे चर्चा किन सेलायाे?

सुर्खेत । निकै चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तारको विषय अहिले सेलाए जस्तै भएको छ । कुनैबेला अहिलेका मुख्यमन्त्री यामलाल कँडेल जसरी हुन्छ यही विमानस्थल विस्तार गर्नुपर्छ भन्दै निकै जोडबल गरिरहेका थिए । उनी र सुर्खेत क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानी केन्द्रसम्मै पुगेर हारगुहार गरिरहेका थिए । तर कँडेल मुख्यमन्त्री बनेपछि भने सेलाएको देखिन्छ । नेतृत्वमा आएपछि विमानस्थलबारे खासै कँडेलले चासो नदिएको चर्चा हुने गरेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । तस्बिर : सुरेश आचार्य । 

यो विमानस्थलको विषयले एक पटक सुर्खेतको राजनीतिमै तरङ्ग ल्यायो—जतिबेला भेरीगंगाको रामघाटमा बन्ने नयाँ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूचीमा नयाँ विमानस्थल बनेर सञ्चालनमा आएको खण्डमा वर्तमान विमानस्थललाई वन क्षेत्रको रुपका विकास गर्ने भनेर एक पत्र बाहिर आयो ।

नयाँ विमानस्थलको प्रक्रिया सुर्खेत निर्वाचन क्षेत्र नं.–१ का सांसद तथा कांग्रेस नेता पुर्णबहादुर खड्काको पहलमा पुर्वी सुर्खेतमा अघि बढेको हो । यदी नयाँ विमानस्थल पुर्वी क्षेत्रमा बन्यो र अहिलेको विमानस्थललाई वन क्षेत्रका रुपमा प्रयोग गर्दा वीरेन्द्रनगर कमजोर हुन्छ । कुनै बेला विमानस्थल विस्तार कार्यका असहयोग गरेका कँडेलले उक्त पत्र बाहिर आएपछि अहिलेकोलाई नै विस्तार गर्नुपर्छ भनेर लागिपरे ।

वर्तमान विमानस्थलको उत्तरतर्फको धावनमार्ग एक हजार दुई सय ५५ मिटरको छ । धावनमार्ग साँधुरो हुँदा ठुला जहाज अवतरणमा समस्या छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त धावनमार्ग थप ३०० विस्तार गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सम्झौता भएरपनि जग्गा रोक्काको प्रक्रिया समेत अघि बढीसकेको थियो । यद्यपि जीवनबहादुर शाही मुख्यमन्त्री भएर आएपछि स्थानीयको भनाइ अनुसार नै विस्तारको च्याप्टर ‘क्लोज’ गरिदिए । तीन सय मिटर विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ वडाका करिब ९०० घरधुरी, हजारौँ विद्यार्थी रहेको अमरज्योति विद्यालय प्रभावित हुनेछन् । उक्त विद्यालयको अध्यक्ष एमाले नेता पुर्ण पौडेल छन् ।

उक्त क्षेत्रमा प्रायः एमालेको प्रभाव बढी छ । त्यो बेला प्रतिपक्षमा रहेका कँडेलले सहयोग नगर्दा नै विस्तार कार्य रोकिएको तत्कालीन दुई मुख्यमन्त्रीले अाराेप लगाएका थिए । कँडेलले विस्तार कार्यको प्रक्रिया अघि बढ्दा पटक–पटक जनतालाई भेला गराएर छलफल समेत गर्ने गरेका थिए । यतिसम्मकि जग्गा रोक्का प्रक्रिया अघि बढीसक्दा वीरेन्द्रनगर नगरपालिकाले नै वैकल्पिक विमानस्थल खोज्नुपर्ने तर्कसहितको निर्णय गरेको थियो ।

यो पनी

सुर्खेत विमानस्थल विस्तार कार्य अघि बढ्दा बाधक बन्ने को–को हुन् ?

सुर्खेत बाणिज्य संघका अध्यक्ष कँडेलले बुझाए प्रधानमन्त्री ओलीलाई विभिन्न माग पत्र

तपाईको प्रतिक्रिया